बझाङ्ग जिल्ला नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत सेती अञ्चलमा अवस्थित पाँच जिल्ला मध्ये एक हिमाली जिल्ला हो। ११ इलाका सहित १ नगरपालिका र ४२ गाउँ विकास समिति रहेको यस जिल्लाको जिल्ला सदरमुकाम चैनपुर रहेको छ। जिल्ला कुल गाविस मध्ये सुनकुडा, रीलु, लामातोला र कफलसेरी नमुना गाविसका रुपमा रहेको छ। जिल्लामा २ वटा संविधानसभा तथा संसदीय निर्वाचन क्षेत्र रहेको छन।
बझाङ्ग जिल्लाको कुल क्षेत्रफल ३४२२ वर्ग किलोमिटर रहेको छ। यो जिल्ला समुद्री सतहबाट ३००० फिटको रायल गाविसको देउरा देखि २३००० फिट (९१५ मि. देखि ७०३५ मी.)को काँडा गाविसको साइपाल हिमालसम्मको विविधतायुत्त उचाइमा रहेको छ।
बझाङ्ग जिल्ला हावापानीका दृष्टिले विविधतायुत्त रहेको छ। हिमाली जिल्लाको रुपमा रहेको यस जिल्लको ६० प्रतिशत भूभाग शीत प्रदेश, ३० प्रतिशत भूभाग समशितोष्ण र बाँकी १० प्रतिशत भूभाग उपोष्ण प्रदेशमा पर्दछ।
भौगोलिक अवस्थिति, सीमाना तथा राजनीतिक, प्रशानिक विभाजन
भौगोलिक अवस्थिति तथा सीमाना
पूर्व : बाजुरा र हुम्ला जिल्ला
पश्चिम : बैतडी र दाचुर्ला जिल्ला
उत्तर : हुम्ला जिल्ला र चीनको स्वाशासित क्षेत्र तिब्बत
दक्षिण : बैतडी र डोटी जिल्ला
आक्षांश : २९° २९’ उत्तर ३०° ९’ उत्तर
देशान्तर : ८०° ४६’ पूर्व ८१° ३४’ पूर्व
उचाई : ९०० मि. देउरा देखि ७,०७७ मि. साईपाल हिमालसम्म
राजनैतिक तथा प्रशासनिक विभाजन
विकास क्षेत्र : सुदुरपश्चिमाञ्चल विकास क्षेत्र
अञ्चल : सेती
जिल्ला : बझाङ्
संसदयि निर्वाचन क्षेत्र : २
इकालका क्षेत्र संख्या : ११
नगरपालीका संख्या : १ – जयपृथ्वी नगरपालीका
गाविस संख्या : ४२
नमूना गाविस संख्या : ४- रिलु, सुनकुडा, लामातोला र कफलसेरी
प्रमुख हिमालहरुः
साइपाल हिमाल, आर्या हिमाल, जेठी-बहुरानी हिमाल, नाम्पा हिमाल, योगा हिमाल, व्याँस हिमाल, उरइ-भञ्ज्याँग हिमाल, राक्से हिमाल, दुवै- भञ्ज्याँग हिमाल, राइढुंगी- भञ्ज्याँग हिमाल।
प्रमुख नदीनालाहरुः
सेती, कालंगा, बाहुलीगाड, तारुगाड, सुनीगाड, तल्कोटीगाड, थलारीगाड, जडारीगाड, भ्यागुतेगाड, लिस्तीगाड, घाटगंगा, डिलगाड, विडीगाड, गनईगाड।
प्रमुख तालहरुः
सूर्मा सरोवर, खप्तड ताल, तिमा दह, लोकुन्डा ताल, नीलसिरी कुन्ड, उराइ ताल, माझा ताल, खपर दह।
प्रमुख झरनाहरुः
दाँतोला, गोर्खाली, चनकेली ढुँगा, कोइरालाकोट-छडिगाड, सुनकुडा,पाल्तीछडा, वारिलछडो, चिडकाको झरना, धदिवन झरना, गुरायल झरना।
प्रमुख पर्यटकीय गन्तव्यः
साइपाल हिमाल क्षेत्र, सुर्मासरोवर क्षेत्र, खप्तड क्षेत्र, बित्थड क्षेत्र, तपोवनज्वाला, तातोपानी, खापरदह, ऋषिकुण्ड, कैलाशगुफा।
प्रमुख धार्मिक क्षेत्र तथा मठमन्दिरः
सुर्मादेवी मन्दिर, माइकाथान, खप्तडबाबा कुटी, सहस्रलिंग, खापरमाणु, मष्टामाणु, नवादेवमाणु, कालिका, नाननदेव, वडीज्यावल बाह्रदेउ मन्दिर।
जि.वि.स.बझाङ् परिचय
जिल्ला विकास समिति बझाङ्ग जिल्लाको विकास तथा नीति निर्माणका लागि स्थापित मुख्य स्थानीय निकायको रुपमा रहेकोछ । जिल्लामा रहेका विषयगत कार्यालयहरुसँगको आपसी समन्वय र सहकार्यमा विकास निर्माण र नीति निर्माण प्रक्रियमा नेतृत्वदायी भूमिका जिल्ला विकास समितिको रहदै आएको छ ।
विकेन्द्रित र सहभागीतात्मक विकास निर्माण प्रणालीमा रहेर योजना तर्जुमा तथा कार्यान्वयन र अनुगमन यसको मूलभूत मान्यता रहेकोछ । स्थानीय स्वायत्त शासन ऐन–२०५५, तथा तत् सम्वन्धि नियमावली, आर्थिक प्रशासन नियमावली, सार्वजनिक खरिद ऐन–२०६३, जिल्ला विकास समिति कार्य संचालन कार्यविधि, स्थानीय निकाय स्रोत व्यवस्थापन तथा संचालन कार्यविधि–२०६९ जस्ता ऐन, नियम, कार्यविधि र मन्त्रालयवाट प्राप्त हुने मार्गदर्शन तथा निर्देशनहरु भित्र रहेर जिल्ला विकास समितिको आर्थिक, प्रशासनिक एवम् विकास निर्माणका कार्यहरु संचालन एवम् व्यवस्थापन हुने गर्दछन ।
माथि उल्लेखित ऐन, नियम, नीति, निर्देशन एवम् मार्गदर्शनका आधारमा रही जिल्ला विकास समिति वझाङ्गले “जलस्रोत, जडिवुटी, कृषि, पर्यटन, उद्योग र व्यापार–स्वच्छ वातावरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार–समतामूलक, सुशासित र सम्बृद्ध बझाङ्गको निर्माण” मुल द्घष्ट्रिकोणका साथ जिल्लाको आवद्यिक जिल्ला विकास योजना तयार गरी कार्यान्वयनमा रहेको छ । वार्षिक जिल्ला विकास योजना वर्षेनि आवद्यिक जिल्ला विकास योजनाको लक्ष्य पूरा गने परिकेन्द्रित रहदै आएका छन ।
जिल्ला विकास समिति वझाङ्गले विकास निर्माणका कार्यहरु गर्दा स्थानीय निकायको सुशासन, पारदर्शिता, जनउत्तरदायी एवम् सेवाग्राहीमैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकतामा राख्ने गरेकोछ । लक्षित वर्गलाई प्रत्यक्ष फाइदा पुग्ने आर्थिक, सामाजिक,राजनैतिक एवम् प्रवद्र्धनात्मक विकास निर्माणलाई प्राथमिकतामा राख्दै कार्यहरु गर्दै आइरहेको छ ।
श्रोत : जिल्ला बिकाश समिति /सूचना शाखा बझाङ्ग ।