पदाधिकारी

नर बहादुर बोहरा 9848457650

प्रमुख

पढ्नुहोस..

कृष्ण बहादुर विष्ट 9868490386

उप- प्रमुख

पढ्नुहोस..

बझांग जिल्लाको संक्षिप्त परिचय

-बझाङ्ग जिल्ला नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत सेती अञ्चलमा अवस्थित पाँच जिल्ला मध्ये एक हिमाली जिल्ला हो। ११ इलाका सहित १ नगरपालिका र ४२ गाउँ विकास समिति रहेको यस जिल्लाको जिल्ला सदरमुकाम चैनपुर रहेको छ। जिल्ला कुल गाविस मध्ये सुनकुडा, रीलु, लामातोला र कफलसेरी नमुना गाविसका रुपमा रहेको छ। जिल्लामा २ वटा संविधानसभा तथा संसदीय निर्वाचन क्षेत्र रहेको छन। बझाङ्ग जिल्लाको कुल क्षेत्रफल ३४२२ वर्ग किलोमिटर रहेको छ। यो जिल्ला समुद्री सतहबाट ३००० फिटको रायल गाविसको देउरा देखि २३००० फिट (९१५ मि. देखि ७०३५ मी.)को काँडा गाविसको साइपाल हिमालसम्मको विविधतायुत्त उचाइमा रहेको छ। बझाङ्ग जिल्ला हावापानीका दृष्टिले विविधतायुत्त रहेको छ। हिमाली जिल्लाको रुपमा रहेको यस जिल्लको ६० प्रतिशत भूभाग शीत प्रदेश, ३० प्रतिशत भूभाग समशितोष्ण र बाँकी १० प्रतिशत भूभाग उपोष्ण प्रदेशमा पर्दछ। यस जिल्लाको क्षेत्रफल ३,४२२ वर्ग किलोमिटर र जनसङ्ख्या (वि.सं.२०६८ बमोजिम) १,९६,२७७ रहेको छ। यस जिल्लामा ४२ वटा गा.वि.स. र १ नगरपालिका रहेका छन। साविकका ५ वटा गाविसलाई मिलाएर उत्त क्षेत्रलाई जयपृथ्वी नगरपालिका बनाइएको हो।
थप पढ्नुहोस्

स्थानीय तहको विवरण

Skip to toolbar